मंगलबार, जेठ १, २०८१

गैरकानुनी रुपमा कोरियामा मौसमी कामदार पठाउने ठोरी गाउँपालिकाको तयारी

नेपालखोज २०८० पुष १८ गते १९:११

काठमाडौं । पर्साको ठोरी गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासनले गरेको निर्देशन विपरीत दक्षिण कोरियामा श्रम निर्यातको तयारी गरेको छ ।

गाउँपालिकाले कोरियाको सोज्गम कम्पनी मार्फत भगनी सम्बन्धी कायम गरेर कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा पहिलो चरणको सम्झौता भएको जनाएको हो ।

‘दक्षिण कोरियासँग पर्यटन, शिक्षा, कृषि लगायत बिषयहरुमा श्रम आदानप्रदान गर्न भगिनी सम्बन्धका लागि बुधबार कोरियन कम्पनी बीच पहिलो चरणको सम्झौता भएको छ । कोरियन कम्पनीले कोरियाको स्थानीय तहमा सम्झौताको फाइल बुझाएपछि उताको स्थानीय तह र यताको स्थानीय तह बीच भगिनी सम्बन्ध कायम हुन्छ,’ गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले अनलाइनखबरसँग भने ।

उनले कृषि, पर्यटनको क्षेत्रमा कोरियाको स्थानीय तहसँग भगिनी सम्बन्ध कायम गर्न कम्पनीको सहयोग लिएको बताए ।

प्रतिक्रिया