एमाले स्थायी कमिटी बैठकमा पार्टी एकताको पहलबारे छलफल हुने

नेपालखोज २०७८ जेठ २० गते ९:४२

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज अपराह्‍‍न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ ।

बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुने कार्यसूची रहेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । गत मंगलबारको बैठकले एकताका लागि अधिकतम पहल गर्ने निर्णय गरेको थियो ।

यसैबीच माधवकुमार नेपाल-झलनाथ खनाल समूहले पनि आज ११ बजे आफ्नो पक्षका केन्द्रीय कमिटीका सदस्यसँग छलफल गर्दै छ । एमाले सचिव तामाङले भने विज्ञप्ति नै निकालेर नेपाल-खनाल समूहको बैठक अनधिकृत भएको भन्दै उक्त बैठकमा उपस्थित नहुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । -फाइल तस्बिर

प्रतिक्रिया