बिहीबार, जेठ २, २०८२

पाकिस्तानमा टेलिभिजन धारावाहिककाे छायांकनका क्रममा गाेली चल्यो

नेपालखोज २०७८ जेठ २० गते १३:३४

कराचीँ । पाकिस्तानी शहर कराचीँ स्थित ‘डिफेन्स हाउजिङ सोसाइटी’ मा सुरक्षाकर्मीले चलाएकाे गोली लागेर कम्तिमा नौ जना घाइते भएका छन् ।

एक टेलिभिजन धारावाहिककाे छायांकनका क्रममा उक्त गाेलिकान्ड भएकाे समाचारमा बताइएकाे छ । स्थानीय प्रहरीका अनुसार याे घटनामा संम्लग्न सुरक्षाकर्मी गुल चाई लाई गिरफ्तार गरिसकिएकाे छ ।

धारावाहिकका निर्मातासँग खानपिनकाे कुरालाई लिएर विबाद भएपछि चाईले अन्धाधुन्ध गोलि चलाएका थिए । याे घटनाका पीडित मध्ये कसैलाई पनि गम्भीर चाेट लागेकाे छैन र सबै घाइतेलाई कराचीँ स्थित जिन्ना मेडिकल सेन्टर (जेपीएमसी) मा भर्ना गरिएकाे छ भने घाइतेहरु २२ देखि ४० वर्षबीचका छन् ।

प्रतिक्रिया