जनमोर्चाका कृष्ण थापाको सांसद पद गुम्यो !

नेपालखोज २०७८ जेठ २० गते १३:५४

काठमाडौं । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित प्रदेशसभा सदस्य कृष्ण थापाको पद गुमेको छ । उनलाई पार्टीले सांसद पदबाट हटाएको हो । जनमोर्चाको बिहीबार बसेको बैठकले थापालाई सांसद पदबाट निष्कासन गरेको हो । सांसदबाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयमा बिहीबार दिउँसो १२:२५ मा दर्ता भएको छ ।

प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट र प्रदेशसभाअन्तर्गत राजमोका संसदीय दलको नेता पियारी थापाले उनलाई सांसद पदबाट हटाइएको पत्र सचिवालयमा बुझाएको बताए ।

यसअघि थापालाई पार्टीले कारबाही गर्दै आजीवन केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गर्दै दलको नेताबाट पनि हटाएको थियो । सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लंघन गर्दै एमालेलाई सहयोग गर्दै आएका थिए । थापा बागलुङ निर्वाचन क्षेत्र १ ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया