डब्ल्यूएचओले भन्यो – नेपालमा कोरोनाको नयाँ ‘भेरियन्ट’ फेला परेकोबारे कुनै जानकारी छैन

नेपालखोज २०७८ जेठ २० गते १४:४३

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालका कोभिड–१९ को कुनै नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ ।

नेपालमा कोरोनाको नयँ भेरियन्ट फैलिएको भनेर हल्ला चलिरहेका बेला डब्ल्यूएचओको नेपाल स्थित कार्यालयले भने बिहीवार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएको हो ।

नेपालमा रहेका भेरियन्टहरू अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) रहेकाे डब्ल्यूएचओले जनाएकाे छ । त्यस्तै अहिले नेपालमा सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) रहेकाे जानकारी दिइएकाे छ । भारतमा भेटिएको भेरियन्ट ( बी १.६१७.२) लाई डब्ल्यूएचओले ‘डेल्टा’ नाम दिएको छ ।

प्रतिक्रिया