एमाले स्थायी कमिटी बैठक फेरि स्थगित
नेपालखोज
२०७८ जेठ २० गते १४:५३

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डाकिएको थियो ।
पार्टी एकतालाई मुर्तरुप दिन माधव नेपाल पक्षसँग वार्ता जारी रहेकाले हिजो स्थगित भएको बैठक आज नेपाल पक्षले केन्द्रीय कमिटी बैठक राखेपछि स्थगित गरिएको हाे ।
अर्को बैठक परिस्थिति हेरेर सूचित गराइने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया