लुम्बिनी र गण्डकी प्रदेशमा प्रि-बजेटमाथिको छलफल सकियो

काठमाडौं । लुम्बिनी र गण्डकी प्रदेशमा प्रि-बजेटमाथिको छलफल सकिएको छ । गण्डकी प्रदेशसभामा गत सोमबार पेश भएको आर्थिक वर्ष २०७८/७९ को विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा सदस्यहरुले बोल्नेक्रममा उठाएका प्रश्नको अर्थमन्त्री किरण गुरुङले जवाफ दिएसंगै छलफल सकिएको हो ।
अब प्रदेश सभाको अर्को बैठक यहि जेठ २३ गते बस्ने प्रदेशसभा सचिवालयका सुचना अधिकारी सपना अधिकारीले जानकारी दिए । २३ गतेको बस्ने प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने सम्भावित कार्यसुचि रहेको अधिकारीले बताए ।
२२ गते बस्ने कार्य ब्यवस्था परामर्श समितीको बैठकले कार्यसुचि र बैठकमो समय तय गर्ने उनको भनाइ छ । मुख्यमन्त्री गुरुङले यहि २५ गतेसम्ममा अनिवार्य विश्वासको मत लिनुपर्नेछ ।
त्यस्तै, लुम्बिनी प्रदेशका अर्थमन्त्री वैजनाथ चौधरी थारुले प्रदेशसभामा पेश गरेको विनियोजन विद्येयकका सिद्धान्त र प्राथमिक्तामाथी आजको प्रदेशसभा बैठकमा सांसदहरुले आफ्ना धारणा राखेका हुन् ।
प्रदेशसभामा सांसदहरुले छलफलका क्रममा केन्द्र सरकारको ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नीति, सांसद विकास कोष र रोजगारी सम्बन्धीका बिषयमा कुरा उठाएका थिए ।
सांसदहरुले धारणा राखिसकेपछि छलफलका क्रममा उठेका प्रश्नहरुको मन्त्री चौधरीले जवाफ दिए । उनको जवाफपछि सभामुखले विनियोजन विद्येयकका सिद्धान्त र प्राथमिक्तामाथीको छलफल सकिएको घोषणा गरे ।
प्रतिक्रिया