नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने अमेरिकाको घोषणा

नेपालखोज २०७८ जेठ २० गते २२:२४

काठमाडौं । अमेरिकी सरकारले नेपाललाई तत्काल भ्याक्सिन उपलब्ध गराउने भएको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलेभानले व्हाईट हाउसमा आयोजित पत्रकार सम्मेलनमार्फत नेपाल, भारत, फिलिफिन्सलगायत मुलुकहरुलाई खोप उपलब्ध गराउने घोेषणा गरेका हुन् ।

खोप कहिलेसम्म र कति मात्र भन्ने पुरा विवरणभने सार्वजनि गरिएको छैन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले ८० मिलियन डोज कोरोनाविरुद्ध भ्याक्सिन अन्तर्राष्ट्रिय समुदायलाई प्रदान गर्ने घोषणा गरेका थिए ।

नेपाल स्थित अमेरिकी दुताबसको फेसबुक फेजमा जनाईअनुसार कोभ्याक्समार्फत विश्वव्यापी भ्याक्सीन पहुँचका लागि अमेरिकाले गरीरहेको विभिन्न सहयोगसँगै नेपाललगायत एसियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन प्राप्त गर्नेछन्।

प्रतिक्रिया