आगलागीमा परेर किरियापुत्री बसेका दम्पतीको मृत्यु

रासस २०७८ जेठ २१ गते १२:३२


सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका-५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका एक दम्पतीको मृत्यु भएको छ । गएराति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिए ।

सात दिनअघि बितेका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि बसेका दम्पतीको गए राति आफ्नै घरमा आगलागीमा परेर मृत्यु भएको हो ।

आगलागीमा परेर सख्त घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि ओखरबोटे बजार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र उनकी पत्नी कमलाको घटनास्थमै मृत्यु भएको वडाध्यक्ष दाहालले जानकारी दिए ।

रासस

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया