मंगलबार, वैशाख ३०, २०८२

अफगानिस्तानका क्रिकेटर रासिद खानद्वारा राष्ट्रिय टी-ट्‌वान्टी टोलीकाे कप्तान बन्न अस्वीकार

नेपालखोज २०७८ जेठ २१ गते १४:२०

काठमाडौं । अफगानिस्तान क्रिकेट टीमका स्टार स्पिनर राशीद खानले राष्ट्रिय टी-२० टोलीका कप्तान बन्न अस्वीकार गरेका छन् । उनले कप्तानको पदभार लिए भने यसले उनकाे खेललाई असर गर्न सक्ने बताएका छन् ।

उनले टीमका लागि प्रदर्शनलाई बढी महत्व दिएकाे बताएका छन् । अफगानिस्तानले गत हप्ता पहिला आफ्नो कप्तानमा परिवर्तन ल्याएको थियो । हमशमाउल्लाह शाहदीलाई टेस्ट र एकदिवसीय कप्तान नियुक्त गरेकाे थियाे । यद्यपि अफगानिस्तानले टी-२० टोलीका कप्तानको नाम घोषणा गरेको भने छैन ।

राशीदले भने, ‘मसँग स्पष्ट दृष्टिकोण छ । म एक खेलाडीको रूपमा राम्रो गर्छु । म उप कप्तानको भूमिकामा ठीक छु र कप्तानलाई आवश्यक परेमा मद्दत गर्छु । मेरो लागि यो स्थानबाट टाढा बस्नु राम्रो हो । ‘म एक खेलाडीका रूपमा टिमको लागि राम्रो गर्न चाहन्छु र खेलाडीको रूपमा मेरो प्रदर्शन टिमको लागि कप्तानको भन्दा बढी महत्वपूर्ण हुन्छ,।’

अब टी २० विश्वकप नजिकै छ आफ्नो सर्वश्रेष्ठ दिन सक्नेमा ध्यान केन्द्रित गर्नु राम्रो हुन्छ । उनले भनेका छन् ‘अहिले सब भन्दा महत्वपूर्ण कुरा विश्व कप हो जुन केहि महिना पछि हुने छ,।’ रशीदले भने, ’मलाई लाग्छ यसले मेरो प्रदर्शनमा असर पार्न सक्छ (कप्तानबाट) जुन टिमका लागि महत्वपूर्ण छ । त्यसैले म एक खेलाडीको रूपमा खुसी छु, बोर्ड र चयन समितिले जेसुकै निर्णय गरे पनि म त्यसलाई पूर्ण समर्थन गर्दछु । हिन्दुस्तान

प्रतिक्रिया