ताहाचलकाे श्रम कार्यालय प्रत्येक बुधबार खुल्ने

नेपालखोज २०७८ जेठ २१ गते १५:४३

काठमाडाैं । वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचल अब प्रत्येक बुधबार खुल्ने भएको छ । बायोमेट्रिक नभएका श्रमिकलाईपुनः श्रम स्वीकृतिका लागि मात्र प्रत्येक बुधबार कार्यालय खुल्ने श्रम कार्यालय ताहाचलले जनाएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि कार्यालयमा उपस्थित भई भौतिक रूपमा लिनुपर्ने सेवाहरू गएको वैशाख २४ गतेदेखि बन्द भएको थियो ।

सरकारले तीन देशमा सातामा एक पटक उडान हुने गरी नियमित उडान खोलेसँगै विभागले पहिले बायोमेट्रिक नभएका श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गर्न कार्यालय खोल्ने जनाएको छ ।

प्रतिक्रिया