काेराेनाकाे बहाना बनाएर पत्रकारलाई सेवाबाट नहटाउन प्रेस काउन्सिलकाे आग्रह

काठमाडाैं । प्रेस काउन्सिल नेपालले पत्रकारलाई काेराेनाकाे बहाना बनाएर सेवाबाट नहटाउन आग्रह गरेको छ । प्रेस काउन्सिल नेपालले आज एक विज्ञप्ति जारी गर्दै महामारीलाई निहुँ बनाएर कतिपय सञ्चारमाध्यमका सञ्चालक/लगानीकर्ताले कोरोनाको पहिलो लहरदेखि नै श्रमजीवी पत्रकार ऐन, २०५१ अनुसार पत्रकारलाई तलब नदिएको, कामबाट बञ्चित गराउने गरेको र सेवाबाटै हटाउने गरेको पाइएको जनाएको छ ।
प्रेस काउन्सिल नेपालले भनेको छ, ‘कुनै पत्रकारलाई सेवाबाट नहटाउन, कामबाट वञ्चित नगर्न, ऐन, नियमले तोकेबमोजिम तत्काल सेवा–सुविधा उपलव्ध गराउन सम्बन्धित पक्षसँग विनम्र अनुरोध गर्दछ ।’
‘सेवामा पुनःस्थापना नगरिएमा, काममा नलगाइएमा तथा सेवा–सुविधा नदिइएमा काउन्सिलले स्थलगत निरीक्षण गर्नेछ ।’ विज्ञप्तिमा भनिएको छ ।
कोरोनाको दोस्रो लहरपछि अहिलेसम्म देशभरका १९ पत्रकारको निधन भएको महासंघले जनाएको छ । त्यस्तै नौ सय पत्रकार सङ्क्रमित भएकामा २ सय सक्रिय सङ्क्रमित रहेका छन् । ३० जना अस्पताल भर्ना भएका छन् भने ५ जनालाई आइसियू/भेन्टिलेटरमा राखी उपचार भइरहेको छ विज्ञप्तिमा जनाइएको छ ।


प्रतिक्रिया