बिहीबार, वैशाख २०, २०८१

स्वास्थ्य मन्त्रालयले भन्याे- काेराेनाकाे तेस्रो र चौथो लहर पनि आउन सक्छ सचेत रहनू

नेपालखोज २०७८ जेठ २१ गते १७:२६

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो र चौथो लहर पनि आउन सक्ने भन्दै अस्पताहरुलाई सचेत गराएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पतालहरूलाई पत्र पठाएर  तेस्रो र चौथो लहरले बालबालिकालाई प्रभाव पर्ने भएकाले आफ्नो अस्पलालले स्वीकृत पाएको शय्यामध्ये २० प्रतिशत शय्या बालबालिकाको लागि छुट्याउन आग्रह गरेको छ ।

मन्त्रालयले भनेको छ, ‘दोस्रो तहर जस्तै पुनः तेस्रो र चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संकमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शय्या कम्तिमा २० प्रतिशत वा कोभिड-१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारि अवस्थामा राख्नुहुन अनुरोध छ । साथै वैकल्पिक प्राणवायु (अक्सिजन) को व्यवस्थापन समेत गर्नुहुन अनुरोध छ ।’

No description available.

प्रतिक्रिया