बिहीबार, वैशाख २०, २०८१

तिमी

रजनी मानन्धर २०७८ जेठ २२ गते ८:००

अट्टहास मृत्यु हाँसी रहेछ
सारा मानव सोत्तर पार्ने उपक्रममा
चित्रगुप्त पाना पल्टाउँदैैछ
मृत्युलोक भर्ने जोशमा ।

यमराज तिमीलाई काली चढेको छ
पृथ्वीमा आजकल काल पल्केको छ
धर्तीबाट मानव शून्य बनाउने दाउमा
असङ्ख्य दूतहरू पठाइ रहेछौ तिमी ।

यमराज तिमीलाई महिषासुर चढेकोछ,
पृथ्वीमा आजकल एकोहोरो शङ्ख बजेकोछ
मानवको कुन आविसष्कारमा लोभिएछौ कुन्नि
सृष्टिको सर्बोत्तम नमूना माथि जाइलागेका छौ तिमी।

तर लाग्दछ हो तिमी प्रकृतिलाई साथ दिंदैछौ
त्यो निष्कपट जमिन माथिको बर्बरता रोक्न
त्यो निश्चल हावामा मिसाएको प्रदुषण छेक्न
त्यो नदीको बहाव माथिको दोहन बाँध्न
मानवका कुकृत्य र कुकर्महररूलाई सम्झंदै
मात्र मानब माथि जाइलागेका छौ तिमी ।

तब त
बर्साइ रहेछौ अदृश्य
यमदूतरूपी भाइरसहररू
बर्साइ रहेछौ भाइरसहरू
बर्साइ रहेछौ बर्साइ रहेछौ …….।

प्रतिक्रिया