शुक्रबार, चैत १६, २०८०

यी मान्छेहरू

किशाेर बिश्वकर्मा २०७८ असोज १६ गते ११:१२

अरूलाई सानो पारेर
ठडिएका यी मान्छेहरू
अरूलाई होच्याएर
अग्लिएका यी मान्छेहरू
उचाईको कुनै उचाई हुन्न
गहिराईको कुनै गहिराई हुन्न
मान्छे – मान्छे नै हो
मान्छेको आफ्नो कुनै उचाई हुन्न ।

अरूलाई आँसु दिएर
हाँस्ने यी मान्छेहरू
अरूलाई सरापेर
बाँच्ने यी मान्छेहरू
आँसुको कुनै मूल्य हुन्न
हाँसोको कुनै हिसाब हुन्न
मान्छे – मान्छे नै हो
मान्छेको आफ्नो कुनै बिहान हुन्न ।

अरूलाई जलाएर
न्यानो खोज्ने यी मान्छेहरू
अरूलाई तड्पाएर
रमाउने यी मान्छेहरू
जलनमा न्यानो मात्र हुन्न
तड्पमा आगोमात्र हुन्न
मान्छे – मान्छे नै हो
मान्छेको आफ्नो कुनै तड्प हुन्न ।

प्रतिक्रिया