देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली, सोमबारदेखि देशभर वर्षा
नेपालखोज
२०७८ जेठ २२ गते ७:२४

काठमाडौं । देशभरको मौसम अहिले आंशिकदेखि सामान्य बद्ली भएको छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज दिनभरजसो नै मौसम बद्ली रहने र देशका पहाडी क्षेत्रमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।
आज राति पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ भने प्रदेश-१ का एकरदुई ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि पनि मौसम आंशिकदेखि सामान्य बद्ली भइ फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको छ ।
सोमबारदेखि भने प्रि-मनसुन थप सक्रिय हुने र देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको छ । मनसुन सुरु हुने समय नजिकिएकाले मौसमी गतिविधि पनि थप सक्रिय हुँदै जाने मौसमविद्को भनाइ छ ।
सम्बन्धित

प्रतिक्रिया