आइतबार, जेठ २०, २०८१

चौबीस घण्टामा ६३ संक्रमित, १०३ जना निको

नेपालखोज २०७९ असोज १४ गते १५:४१

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ६३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शून्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार २ हजार ५३५ जनाको नमुना परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण देखिएको हो ।

९४१ जनाको पीसीआर परीक्षण गर्दा ३० जनामा र १ हजार ५९४ सय जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १०३ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने १ हजार ४ पुगेको छ ।

प्रतिक्रिया