बुधबार, असार १८, २०८२

माधव नेपाल दोधारमा

नेपालखोज २०७८ जेठ २२ गते ७:२३

काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपाल आफ्नो पक्षका नेताले दुई थरी सुझाव दिएपछि दोधारमा देखिएका छन् ।

नेपाल पक्षको दुई दिन चलेको बैठकमा अन्तिम अवस्थासम्म पार्टी एकतामा जोड दिनुपर्ने र नयाँ पार्टी बनाएर जानुपर्ने गरी दुई धार देखिएको छ।

एउटा निष्कर्षमा पुग्न राखिएको बैठकमा दुई लाइन देखिएपछि के गर्ने भनेर नेपाल दबाबमा परेका समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकले छापेको छ ।

नयाँ पार्टी गठन गर्ने कि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै अझै एकताका लागि संघर्ष गर्ने भन्ने विषयमा नेपाल दोधारमा परेका हुन् ।

प्रतिक्रिया