कसैकाे भ्रममा नपर्न सामाजिक सुरक्षाका काेषकाे आनुराेध

नेपालखोज २०७८ जेठ २२ गते १२:२१

काठमाडौं । सामाजिक सुरक्षाका काेषले कसैकाे भ्रममा नपर्न आनुराेध गरेको छ । सामाजिक सुरक्षााकाे विषयमा फैलाइएका अफवाहकाे पछि नलाग्न आग्रह गरेकाे ।

विज्ञप्ति जारी गर्दै भनेकाे छ ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा १७ मा कुनै रोजगारदाताले कानूनद्वारा तोकिएको अवधिभित्र सूचीकरण नभएमा वा श्रमिकहरूको सूचीकरण नगराएमा निजसँग रोजगार सम्बन्ध भएको अवस्थामा कुनै घटना भएमा सो अवस्थामा ऐनअनुसार उपलब्ध हुने सुविधा सम्बन्धित रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था रहेको जनाएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘श्रम ऐन आकर्षित हुने सबै क्षेत्रका लागि सामाजिक सुरक्षा अनिवार्य विषय हो र श्रम ऐनको दफा ५२ र ५३ बमोजिम जम्मा गर्नुपर्ने सञ्चय कोष र उपदानबापतको सुविधा सामाजिक सुरक्षासम्बन्धी कानून निर्माण भई सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा आइसकेको सन्दर्भमा सामाजिक सुरक्षा कोषबाहेक अन्यत्र जम्मा गर्न नमिल्ने उल्लेखित दफाको उपदफा २ मा स्पष्ट व्यवस्था रहेको छ ’

‘यथाशक्य छिटो कोषमा आवद्ध भई सुविधाहरूको उपयोग गर्नुका साथै संविधान र ऐनको पूर्ण परिपालनाका लागि समेत सबैमा आह्वान गरिन्छ ।’

No description available.
No description available.

प्रतिक्रिया