‘फेसबुकले मेराे एकाउन्ट बन्द गरेर करोडौं अमेरिकीको अपमान गर्यो’
नेपालखोज
२०७८ जेठ २२ गते १४:३६

कठमाडाैं । आफ्नो फेसबुक एकाउन्ट दुई वर्षको लागि निलम्बन गरेको भन्दै अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आपत्ति जनाएका छन् ।
उनले फेसबुकले आफ्नो एकाउन्ट दुई वर्षको लागि बन्द गराउँदा करोडौँ अमेरिकी नागरिकको अपमान गरेकाे बीबीसीले जनाएको छ । उनले भनेका छन्, ‘आफूलाई विश्वास गरेर भाेट दिने साढे सात कराेड अमेरिकीकाे फेसबुक प्रतिकाे विश्वासघात भएकाे छ ।’
यस्तै ट्रम्पले आफ्नो एकाउन्ट बन्द गरेको भन्दै फेसबुक कम्पनीका संस्थापक मार्क जुकरबर्गलाई ‘डिनर’मा नबोलाउने समेत जनाएका छन् । ट्रम्पको ‘सेभ अमेरिका पोलिटिकल एक्सन कमिटी’ले जारी गरेको बयानलाई उद्धृत गर्दै ट्रम्पले जुकरबर्गलाई डिनरमा नबोलाउने बताएको बीबीसीले उल्लेख गरेकाे छ । बीबीसी
सम्बन्धित
प्रतिक्रिया