आइतबार, जेठ १२, २०८२

नेपाली कांग्रेसका पुराना नेता महेश्वरलाल श्रेष्ठको निधन, कांग्रेसद्वारा दुःख व्यक्त (विज्ञप्तिसहित)

नेपालखोज २०७८ जेठ २२ गते १९:३३

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता महेश्वरलाल श्रेष्ठको निधन भएको छ । ८४ वर्षका श्रेष्ठको शनिबार बिहान ८ बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन हो ।

श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसले विज्ञप्तिमार्फत दुःख व्यक्त गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा श्रेष्ठको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी नेतालाई गुमाएको जनाएको छ ।

नेपाली कांग्रेस चितवनका सल्लाहकार समितिका संयोजक समेत रहेका स्वर्गीय श्रेष्ठ नेपाली कांग्रेसमा एक सरल र निष्ठावान नेताका रुपमा चिनिन्थे ।

वीपी, सुवर्ण शम्शेर, गणेशमानजीलगायतका नेपाली कांग्रेसका शीर्ष नेताहरुसँगको सहयात्रीको रुपमा रहेर उनले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि भएका संघर्ष र आन्दोलनहरुमा सक्रिय योगदान पुर्‍याएका थिए । यसै क्रममा तत्कालीन पञ्चायती व्यवस्थाले श्रेष्ठको सम्पत्तिसमेत सर्वश्वहरण गरेको थियो । श्रेष्ठले लामो समयसम्म प्रवासमा बस्नुका साथै जेल जीवनसमेत व्यतित गरेका थिए ।

प्रतिक्रिया