आइतबार, जेठ १२, २०८२

महिला संघ केन्द्रीय कार्यसमितिकी सदस्य संगिता कर्माचार्यको निधन

नेपालखोज २०७८ जेठ २२ गते २०:०२

काठमाडौं । नेपाल महिला संघ केन्द्रीय कार्यसमितिकी सदस्य संगिता कर्माचार्यको निधन भएको छ । ४३ वर्षीया संगिता कर्माचार्यको झापाको विएण्डसी मेडिकल कलेजमा उपचारका क्रममा शनिबार आज निधन भएको हो ।

सिरहा जिल्ला निवासी स्वर्गीय कर्माचार्यले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।
कर्माचार्यको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । पार्टीले कर्माचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

कोरोना भाइरसको महामारीमा खाद्यान्न, लत्ताकपडालगायतको सहयोग वितरण गर्दा गर्दै कर्माचार्य संक्रमित भएकी थिइन् । नेपाल महिला संघकी केन्द्रीय सदस्य समेत रहेकी कर्माचार्य सिराहाको लाहानमा लोकप्रीय छिन् । उनले कोरोना संक्रमणका बेलामा महत्वपूर्ण सहयोग वितरण गरेर लोकप्रीयता कमाएकी थिइन् ।

प्रतिक्रिया