शनिबार, जेठ ३२, २०८२

कोकाकोलाले नेपालमा प्लास्टिक रिसाइक्लिंग गर्ने प्रतिवद्धता दाेहाेर्याउँदै

नेपालखोज २०७८ जेठ २३ गते १७:३४


काठमाडौं । एक भर्चुअल प्रेस सम्मेलनमा कोका-कोलाले नेपालमा वल्ड विथ आउट वेस्ट प्रोग्रामको बारेमा अपडेट उपलब्ध गराएर विश्व वातावरण दिवस मनाएको छ ।

विश्वकै एक मध्यको सबैभन्दा ठूलो हिमाल सफाई कार्यव्रmमको दोस्रो संस्करण “सफा हिमाल अभियान २०२१” को समापनको घोषणा गरेको छ ।

२७,६७१ किलोग्राम फोहोर, ४ वटा मृत शरिर र एउटा मानव अवशेष सगरमाथा, लोत्से, मकालु, धौलागिरी, पुमोरी र अमादब्लम जस्ता ६ वटा हिमालहरुबाट संकलन गरिएको छ र थप सेग्रिगेशन र रिसाइक्लिंगको लागि काठमाडौँमा ल्याएर अभ्नी भेन्चरलाई हस्तान्तरण गरिएको छ ।

हिमाल सफा अभियानका निर्देशक, नेपाली सेनाका ब्रिगेडियर जनरल हिमांशु खड्काले भन्नुभयो, “नेपाली सेनाको नेतृत्वमा र नेपाली सरकारको पहलमा सफा हिमाल अभियान २०२१ को २७.६ टनको फोहोर र चारवटा शवहरु विभिन्न हिमालहरुबाट निकालिएपछि सफलतापूर्वक सम्पन्न भयो ।

यो अभियान कोभिड-१९ महामारी र दुई वटा साइक्लोन टाउक्टे र यासको बावजुद सफल भयो । यो हाम्रो इन्भाइरो मेन्टल्ली रेस्पन्सिबल पार्टनरहरुको अटुट समर्थनका कारण सम्भव भएको हो।भविष्यको लागि हिमालहरु संरक्षण गर्न सफा हिमाल अभियानलाई निरन्तर रुपले समर्थन गरेकोमा हामी कोका-कोलाप्रति आभारी छौँ । नेपाली सेनाको नेतृत्वमा कोका-कोला र अन्य बहु-सरोकारवालाहरुको सहयोगमा रहेको अभियानको मूल उदेश्य भनेको हिमालहरुको संरक्षण गर्नु र देशको ६ वटा उच्च चुचुराहरु सफा गरी जलवायु परिवर्तनको प्रभावलाई पनि कम गर्नु हो ।

कोका-कोलाले नेपालको प्राकृतिक गौरव तथा सौन्दर्य संरक्षणका लागि काम गर्ने उद्येश्यले सन् २०१९ मा स्थापना भए देखि हिमालय सफाई अभियानलाई सहयोग गर्दै आएको छ ।

वल्ड विथ आउट वेस्ट कार्यव्रmम सन् २०१८ मा लन्च गरिएको थियो । यो कार्यव्रmम सन् २०३० सम्ममा सेल्सको १०० प्रतिशतको प्याकेजिंगको बराबरको संकलन र रिसायकल गर्ने कोका-कोलाको विश्वव्यापी प्रतिबद्धता हो ।

नेपालमा कम्पनीले स्थानिय एप्रोचलाई प्रयोग गरेर विश्वव्यापी दृष्टिकोण र लक्ष्य हासिल गर्ने प्रयास गरिरहेको छ र हाम्रो बोटलिंग पार्टनर, सरकार, गैरसरकारी संस्था, उद्योगका साथीहरु र स्थानीय समुदायहरुलाई डिजाइन–कलेक्ट–पार्टनर फ्रेमवर्क प्रयोग गरेर दीर्घकालीन साझेदारी निर्माण गर्न पहुँच गरेको छ ।

बीएनएलले दिगोपनका लागि गरेका प्रयासहरुको बारेमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयो, “फोहोर व्यपस्थापनको क्षेत्रमा हामीले जिम्मेवारी व्यवस्थापनको चुनौतिलाई आवश्यक पर्ने गति प्रदान गर्न र पिईटी बोतलहरु रिसाइकल गर्न धेरै पहल गरेका छौँ ।

हिमाल सफाई अभियान र रणनीतिक स्थानहरुमा सुचनामूलक पिईटी संकलन बिनहरुको स्थापना जस्ता विभिन्न कार्यक्रमहरू मार्फत हामीले समुदायमा फोहोर अलग्याउने, प्याकेजिंग र रिसाइक्लिंग सम्बन्धी जागरुकता सिर्जना गरेका छौँ ।” पिईटी फोहोरको रिसाइकलको समाधान खोज्न बहु-सरोकारवाला दृष्टिकोण अनुकरण गर्न कोका-कोलाले स्थानीय नगरपालिका, व्यवसायहरु, नागरिकहरु र फोहोर उठाउनेहरुसँग हातेमालो गरेको छ ।

कम्पनीले संकलन र रिसाइक्लिंग प्रणाली निर्माण र तीव्र गर्न लक्षित रहेको ग्लोबल इनिसिएटिभ्सबाट पाठ सिकेको छ र यसलाई नेपालको स्थानीय वातावरणमा अनुकूलित गरेको छ ।

नेपालका कोका-कोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले भन्नुभयो, “हाम्रो कार्यव्रmम वल्ड विथआउट वेस्ट नेपालको एक प्रमुख कार्यव्रmम हो जहाँ हामी हाम्रो प्याकेजिंग डिजाइनलाई पुनर्विचार गर्दछौँ र हाम्रो प्रयोग गरिएको प्याकेजिंग संकलन गर्ने तरिकालाई नवीन बनाउदछौँ अनि प्याकेजिंग रिसाइकल्ड भएको सुनिश्चित गर्न संगै काम गर्दछौँ ।

हामीले प्लास्टिक सर्कुलर अर्थव्यवस्थालाई लागु गर्न र रिसाइक्लिंगलाई नेपालमा बढावा दिन उद्योगका साथीहरु, पर्यावरणविदहरु, सरकार र नागरिक समाज संगठनहरुसँग साझेदारी गरेका छौं ।” कोका-कोलाको साभेदारीले समुदायको नेतृत्वमा इन्टीग्रेटेड प्लास्टिक फोहोरको प्रबन्ध प्रणाली निर्माण गर्न, इफिसियन्ट रिसाइक्लिंगलाई बढावा दिन र फोहोर उठाउने कामदार समुदायको उत्थानगर्ने काम गरिरहेका छन् ।

हाम्रो कम्पनीले व्रिmयसन, डब्लुडब्लुएफ नेपाल, हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसिआई), नेपाल युवा परिषद र अन्य जस्ता स्थानीय र अन्तर्राष्ट्रिय संस्थाहरुसँग साझेदारी गर्याे जसले हाम्रो फोहोर व्यवस्थापनको प्रयासलाई बढावा दिन र प्लास्टिक शर्कुलर अर्थतन्त्रको सृष्टिमा नयाँ ध्यान केन्द्रितगर्न मद्दत गर्याे । यसबाहेक, रिसाइक्लिंग प्रव्रिmयामार्फत पिइटी बोतलहरुलाई नयाँ जीवन दिन, समुदायलाई जागरुकता सिर्जना गर्न र शिक्षित गर्नको लागि कोका-कोलाले डोको रिसाइक्लर्स (सामाजिक इन्टरप्राइस जसले सुख्खा फोहोर व्यवस्थापन र रिसाइकल गर्दछ) को साथ टिम अप ग¥यो र “रिफ्रेश एण्ड रिसाइकल”अभियान सुरु गर्याे र काठमाडौँ उपत्यकाका विभिन्न प्रख्यात सार्वजनिक स्थलहरुमा १० वटा जानकारीमूलक पिईटी संकलन बिनहरु राख्यो ।

कोका-कोलाले पिईटी रिसाइक्लिंगको गहन प्रमाण–आधारित प्रतिवेदन पेश गर्न ब्लु वेस्टसँग हातेमालो गरेको छ र यसले नेपालमा वरिपरिको परिपत्रको वृस्तित मूल्य निर्धारण गर्दछ ।

यसले भविष्यमा नेपालमा फोहोर व्यवस्थापनमा हस्तक्षेपको लागि सहयोग पु¥याउने छ । वल्ड विथ आउट वेस्ट कम्पनीको अनगोइंग सस्टेनेबिलिटी प्रयासहरुको अर्को चरण हो जसले आफ्नो फाइनलमा प्रयोग गरेको पेय पदार्थहरुमा अनुमानित १०० प्रतिशत पानी रिप्लेनिश गरेर सफलता हासिल गरेको छ ।

यी प्रयासहरु सही तरिकाले बढ्ने कुल पेय कम्पनी भई, अन्तस्करणको साथ बढ्नको लागि कम्पनीको ठूलो रणनीतिको हिस्सा हो ।

प्रतिक्रिया