कोभिसिल्ड लगाएकालाई दोस्रो मात्रा एस्ट्रेजेनेकाको खोप दिइने
नेपालखोज
२०७८ जेठ २३ गते २०:३७

काठमाडौं । कोरोनाविरुद्धकोे खोप कोभिशिल्ड लगाएकालाई दोस्रो मात्रा एस्ट्रेजेनेकाको खोप दिइने भएको छ ।
खोप खरिद गरिएको भारतको सेरम इन्स्ट्यिुटले अभावका कारण तत्काल खोप उपलब्ध गराउन नसकिने भनेपछि गत फागुन २३ गतेदेखि चैत १० गतेसम्म कोभिसिल्ड खोपको पहिलो डोज लगाएकाहरूलाई सोही प्रकृतिको अर्को खोप एस्ट्रेजेनेकाको खोप दिइने भएको हो ।
तीन महिना पुरा भइसकेपछि आजदेखि कोभिशिल्ड खोपको दोस्रो मात्रा दिइनु पर्ने थियो । तर, विभागले आइतबार एक विज्ञप्ति जारी गर्दै सो खोप लगाउन असमर्थ भइएको र अब सोही प्रकृतिको अर्को खोप लगाइने बताएको छ । मन्त्रालयले कोभिसिल्ड खोपको विकल्पमा एस्ट्राजेनेका कै खोप लगाइने भन्दै सबैलाई धैर्य रहन आग्रह गरेको छ ।

सम्बन्धित

प्रतिक्रिया