शुक्रबार, जेठ १०, २०८२

पत्रकार महासंघद्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

नेपालखोज २०७८ जेठ २४ गते १०:३९

काठमाडौं । नेपाल पत्रकार महासंघले स्वास्थ्यमन्त्री मन्त्री शेरबहादुर तामाङको ध्यानाकर्षण गराएको छ ।

खोप लागाउन छुटेका सञ्चारकर्मीलाई तत्कालै खोपको ब्यबस्था मिलाइदिन महासंघको तर्फबाट महासचिव रोशन पुरीको नेतृत्वमा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराइएको हो ।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री तामाङले अग्रभागमा रहेर सूचना सम्प्रेषण गरिरहेका तर खोप लगाउन छुटेका सञ्चारकर्मीहरुलाई तत्कालै खोपको ब्यबस्था मिलाउने जानकारी दिएको पुरीले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

साथै यसअघि छुटेकालाई चाडैं खोपको ब्यबस्था हुने पनि उनले बताएका छन् ।

प्रतिक्रिया