शनिबार, जेठ ११, २०८२

प्रचण्डले भने- मेरो कारण नेकपाको एकता असफल भयो भन्नु भ्रामक र षड्यन्त्रपूर्ण

नेपालखोज २०७८ जेठ २४ गते १४:१८
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कारण नेकपाको एकताको प्रयास असफल भएको भन्नु झुठ, भ्रामक र षडयन्त्रपूर्ण रहेको बताएका छन् । उनले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइको घोर निन्दा र भर्त्सना पनि गरेका छन् ।

अध्यक्ष प्रचण्डले ट्वीटरमार्फत प्रष्टीकरण दिँदै भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आइतबार राति एमाले एकताको लागि माधव पक्षलाई आह्वान गर्दै अदालतले नभएर नेकपाको एकता प्रचण्डको कारण खारेज भएको बताएका थिए ।

https://twitter.com/cmprachanda/status/1401800318552211458

प्रतिक्रिया