नेपाल चिकित्सक संघद्वारा ३० करोड मूल्यबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका विभिन्न स्वास्थ्यसंस्थामा ३० करोड मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी संघले देशभरका २०० भन्दाबढी स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री प्रदान गरिएको बताएको हो ।
चु ची फाउन्डेशन ताईवानको सहयोगमा चिकित्सक संघले केन्द्रीय अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र मेडिकल कलेजमा अक्सिजन प्लान्ट, मोनिटर, अक्सिजन कन्सनट्रेटर, भेन्टिटेलर, एचएफएनसी, पिपिईलगायत तिस करोड मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको संघका महासचिव बद्री रिजालले बताए ।
संघले कोभिड १९ संक्रमणको महामारीलाई मध्यनजर गर्दै आइसोलेसन सेन्टर, एम्बुलेन्स सेवा, कल सेन्टर टेलिमेडिसिन सेवा र स्वास्थ्यकर्मीहरुलाई क्रिटिकल केयर सम्बन्धी तालिमलगायतको सेवा दिइरहेको पनि जनाएको छ ।
प्रतिक्रिया