फौजदारी अभियोग लागेका मन्त्रीलाई बर्खास्तको माग राख्दै बैठक स्थगित
नेपालखोज
२०७८ जेठ २४ गते १७:०२

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आजदेखि सुरु भएको कर्णाली प्रदेश सभा बैठक रोकेका छन् । फौजदारी अभियोगमा सजाए पाएका मन्त्रीलाई तत्काल बर्खास्तको माग राख्दै बैठक राेकेका हुन् ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अमरबहादुर थापा अदालतबाट फौजदारी मुद्दा पुष्टि भएर सजाए पाएका व्यक्ति भएकाले सरकारले तत्काल बर्खास्त गर्न एमालेले माग राखेकाे छ ।
एमाले संसदीय दलका नेता कँडेलले राजनीतिक निर्णय लिन पाइने तर राजनीतिक अपराध गर्न नपाइने भएकाले सरकारले सच्याउनुपर्ने बताएका छन् ।
अदालतले अभियोग पुष्टि गरिसकेका व्यक्ति झण्डा हल्लाउँदै यो सम्मानित सभामा आउँदा सभाको मर्यादा नहुने भन्दै सरकारले तत्काल सच्याउनुपर्ने उनकाे भनाइ छ ।
सम्बन्धित
प्रतिक्रिया