उपत्यकाबाहिर ६२ देखि ६४ वर्षसम्मकाले मात्रै खोप लगाउन पाउने
नेपालखोज
२०७८ जेठ २४ गते १८:४७

काठमाडाैं । सरकारले भोलि (मङ्गलवार) देखि ६० देखि ६४ वर्ष उमेर समूहकालाई खोप दिने भने पनि अन्तिम समयमा आएर यो परिवर्तन भएको छ ।
काठमाडाैं उपत्यकामा भने ६० देखि ६४ वर्षका नागरिकलाई खोप दिइने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउँछन् । उनका अनुसार खोपको उपलब्धताका कारण काठमाडाैं उपत्यकाबाहिरकालाई भने ६२ देखि ६४ वर्षसम्मकाले खोप लगाउन पाउने छन् ।
खोपको अभाव रहेकाले जोखिमलाई मध्यनजर गरेर प्राथमिकताका आधारमा ६० देखि ६२ को साटो ६२ देखि ६४ वर्षका नागरिकलाई खोप दिन लागिएको कोभिड खोप विज्ञ सल्लाहकार समितिका संयोजक डाक्टर श्यामराज उप्रेतीले बताए ।
सम्बन्धित
प्रतिक्रिया