बुधबार, जेठ ८, २०८२

४९ केजी अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ

नेपालखोज २०७८ जेठ २४ गते १९:०५

बारा । बाराको महागढीमाई नगरपालिका–२ इनर्वा चोकबाट ४९ केजी अवैध लागूऔषध गाँजासहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्सा सखुवा प्रसौनी गाउँपालिका–१ औराहा टोल बस्ने ३९ वर्षीय अमिरका पासवान, ५६ वर्षीय रमेश चौधरी र ३७ वर्षीय राज कुमार ठाकुर रहेका छन् ।

बरियारपुरबाट तेलकुवातर्फ जाँदै गरेको ना.२ ह ६१०६ नम्बरको अटो तथा नम्बर प्लेट नभएको मोटरसाइकललाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा अटोमा लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले उक्त गाँजा विक्री गर्नका लागि अटोमा लुकाई ल्याएको खुल्न आएको छ । उनीहरु उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया