शनिबार, वैशाख १५, २०८१

प्राथमिकतामा सुलभ कर्जा, ब्याजमा अनुदानदेखि उत्पादनमुखी कार्यक्रम

नेपालखोज २०७८ जेठ २५ गते २०:१२

काठमाडाैं । लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ । स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणमा केन्द्रित गर्दै लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख धर्मनाथ यादवले सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रममा प्रदेशमा कोरोनाबाट प्रभावित क्षेत्रका लागि सुलभ कर्जा, ब्याजमा अनुदानदेखि उत्पादनमुखी कार्यक्रम र उद्योग स्थापनालाई पनि प्राथमिकतामा राखिएको छ । 

नेपाल पर्यटन बोर्डसँग समन्वय गरी नयाँ पर्यटकीय उपजसहितको पर्यटन विकास कार्यक्रम तयार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारका माध्यमबाट प्रदेशमा पर्यटक आकर्षण गर्ने नीति लिइने नीति तथा कार्यक्रममामा उल्लेख गरिएकाे छ ।
हेर्नुहोस् नीति तथा कार्यक्रम

प्रतिक्रिया