अमेरिकामा केही अर्बपतिले कम आयकर बुझाउने गरेको खुलासा

काठमाडौं । अमेरिकामा केही अर्बपतिहरूले निकै कम आयकर बुझाउने गरेको खुलासा भएको छ । आयकर तथ्याङ्कहरुको विष्लेषणपछि प्रो–पब्लिका नामक वेवसाइटले यस्तो खुलासा गरेको हो । प्रो पब्लिकाका अनुसार यो सूचिमा जेफ बेजोस, एलन मस्क, वारेन बफेटजस्ता विश्वकै धनी अर्बपतिहरु रहेका छन् ।
यी अर्बपतिहरुले औसतमा आफ्नो आयको मात्र १५ दशमलव ८ प्रतिशत ट्याक्स तिर्ने गरेको दाबी गरिएको छ । यो अमेरिकाको आम कामदारको तुलनामा निकै कम हो ।
सन २००७ र २०२१ मा अमेजनका मालिक बेजोसले कर नतिरेको तथा २०१८ मा मस्कले कर नतिरेको प्रो पब्लिकाले दाबी गरेको छ । यद्यपी यी दाबी पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ । तर प्रो पब्लिकाले भने आगामी हप्तामा यसबारे अझै धेरै जानकारी सार्वजनिक गर्ने बताएको छ ।
धनी व्यक्तिले कम ट्याक्स भर्ने गर्छन् जसका कारण आर्थिक विषमताको खाडल झन् बढिरहेको छ भन्ने विषयमा बहस भइरहेका समयमा यो रिपोर्ट लिक भएको हो ।
प्रतिक्रिया