मंगलबार, जेठ ७, २०८२

३ मन्त्रालयसहित प्रदेश २ सरकारमा कांग्रेस सहभागी

नेपालखोज २०७८ जेठ २६ गते २१:०८

जनकपुर । प्रदेश २ सरकारमा कांग्रेस सहभागी भएको छ । संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा ३ मन्त्रालयसहित कांग्रेस सरकारमा सहभागी भएको हो ।

कांग्रेसले भौतिक पूर्वाधार, ऊर्जा तथा सिँचाइ र महिला तथा बालबालिका मन्त्रालय पाएको छ । भौतिक पूर्वाधारमन्त्रीमा यादव, ऊर्जा तथा सिँचाइमा पर्साका सांसद ओमप्रकाश शर्मा र महिला तथा बालबालिकामा सर्लाहीका सांसद वीरेन्द्र सिंहले शपथ लिएका छन् ।

त्यस्तै, माओवादीका भरत साह र जगत यादव पनि सरकारमा सहभागी भएका छन् । साहले वाणिज्य, आपूर्ति तथा वातावरण र यादवलाई कानुन, सञ्चार तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया