सोमबार, जेठ ६, २०८२

नयाँ मन्त्री थपिएसँगै मन्त्रिपरिषद् पूर्ण, खगराज बने गृहमन्त्री

नेपालखोज २०७८ जेठ २७ गते १४:५३
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री ओलीले सात मन्त्री र एक राज्यमन्त्री थप गरेसँगै २५ सदस्यीय मन्त्रिमण्डलले पूर्णता पाएको छ ।

आज थपिएका मन्त्रीहरुमा नेकपा एमालेका नेता एवं कास्कीबाट निर्वाचित सांसद खगराज अधिकारीलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको छ । अधिकारी प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मध्ये एक नेता मानिन्छन् । त्यस्तै, पूर्वगृहमन्त्री रामबहादुर थापा पत्नी नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, नारदमुनि रानालाई वनमन्त्री, मोहन बानियाँ विनाविभागीयमन्त्री, ज्वालाकुमारी साह- कृषिमन्त्री, राजकिशोर यादव उद्योगमन्त्री, गणेश पहाडी सामान्य प्रशासनमन्त्री र आशा विकलाई वन राज्यमन्त्रीमा नियुक्त गरिएको छ । उनीहरु सबैलाई आजै ४ बजे पद तथा गोपनीयताको शपथ खुवाउने तयारी छ ।

प्रतिक्रिया