बुधबार, असार २, २०७८

‘मन्त्री हाेइन मन्त्रालयको काममा कर्मचारीको ध्यान जानुपर्‍यो’

नेपालखोज २०७८ जेठ २७ गते २०:०२

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयमा को मन्त्री आयो को मन्त्री गयो भनेर होइन काममा ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिएकी छन् ।

बिहीवार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री थापाले मन्त्रीभन्दा मन्त्रालयको काममा कर्मचारीहरुको ध्यान जानुपर्ने बताइन् । सरकार र सरकारको योजना सफल बनाउन सञ्चार मन्त्रालयको महत्वपूर्ण भुमिका रहेको भन्दै मन्त्री थापाले जनतालाई सूचना प्रविधिको पहुँचमा लैजान आवश्यक रहेको बताइन् ।

परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री थापाले ‘समृद्ध नेपाल सुखि नेपाली’ को नारालाई साकार बनाउन मन्त्री, कर्मचारी भएर काम गर्न आफु सधैँ खुल्ला रहेको स्पष्ट पारिन् । मन्त्री थापा यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्ष थिइन् । साथै निवर्तमान गृहमन्त्री रामबहादुर थापाकी धर्मपत्नी हुन् ।

प्रतिक्रिया