सोमबार, जेठ ६, २०८२

प्रमुख दलका नेता र पूर्वप्रधानमन्त्रीसँग छलफल गर्दै सभामुख सापकोटा

नेपालखोज २०७८ जेठ २८ गते ९:१८

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज पनि छलफललाई निरन्तरता दिने भएका छन् ।

दोस्रोपटक प्रतिनिधिसभा विघटन भएपछि उनले संसद पुनस्थापनाका लागि लगातार छलफल गरिरहेका छन् ।

त्यसक्रममा आज संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल हुन लागेको उनको सचिवालयले जनाएको छ ।

सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार आज (शुक्रबार) दिउँसो २ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा छलफल आयोजना गरिएको हो । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत आमन्त्रण गरिएको भए पनि उनी उपस्थित नहुने प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

यसअघि पनि सभामुखले सरोकारवालाहरुसँग छलफल/परामर्श गर्दै आएका छन् ।

प्रतिक्रिया