निजी मेडिकल कलेजलाई सम्बन्ध दिएको विरोधमा उत्रिएका अगुवाहरु प्रहरीकाे नियन्त्रणमा
नेपालखोज
२०७८ जेठ २८ गते १२:३५

काठमाडौं । सरकारले निजी मेडिकल कलेजलाई सम्बन्ध दिएको विरोधमा वृहत् नागरिक आन्दोलनले शुक्रबार बालुवाटारमा विरोध प्रदर्शन गरेको छ । नागरिक अगुवाहरुले कानुन मिचेर झापाको वीएन्डसी मेडिकल कलेजलाई सरकारले सम्बन्ध दिने तयारी गरेको भन्दै विरोध गरेका छन् ।
सर्वोच्च अदालतको समेत निर्णय विपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै नागरिक अगुवाहरुले विरोध गर्दै आएका छन् । यसैक्रममा बालुवाटारमा प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया