मंगलबार, वैशाख ११, २०८१

विश्वकप फुटबलको छनौटको अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियाको सामना गर्दै

नेपालखोज २०७८ जेठ २८ गते १६:०७

काठमाडाैं । विश्वकप फुटबलको छनौटको अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियाको सामना गर्दैछ । तुलनात्मक रुपमा नेपालभन्दा निकै बलियो टोली अस्ट्रेलियासँगको खेल कुवेतको जाबेर अल–अहमद रंगशालामा राति पौने १० बजे सुरु हुनेछ ।

विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा प्रवेश गरेको नेपालको तेस्रो चरणमा पुग्ने सम्भावना अन्त्य भइसकेको छ । तर एसिया कपको तेस्रो चरणको छनोटको सम्भावना बाँकी रहेको नेपालले त्यसका लागि अस्ट्रेलियालाई पराजित गर्नुपर्छ ।

अस्ट्रेलियाविरुद्धको खेलमा आज नेपालका युवा खेलाडीहरुलाई अवसर प्रदान गर्ने लक्ष्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राखेका छन् । अस्ट्रेलियाविरुद्धको खेल चुनौतीपूर्ण रहेको भन्दै उनले यसमा युवा टोली उतारेर नयाँ प्रयोग गर्न लागेको प्रिम्याच कन्फ्रेन्समा बताएका हुन् ।

नेपालले अष्ट्रेलियाविरुद्ध यसअघि एक खेल मात्र खेलेको छ । सो खेलमा नेपालले ५–० गोल अन्तरको हार बेहोरेको थियो । २०१९ को अक्टोबर १० मा क्यानबेरा स्टेडियममा भएको विश्वकप छनोटको पहिलो लेगको खेलमा नेपाल पराजित भएको थियो ।

प्रतिक्रिया