नागरिक अगुवालाई तत्काल रिहा गर्न सरकारलाई चौतर्फी दबाब

काठमाडौं । बालुवाटार घेर्न गएका खगेन्द्र संग्रौलालगायतका नागरिक अगुवालाई तत्काल रिहा गर्न सरकारलाई चौतर्फी दबाब बढेको छ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता गगन थापादेखि बृहत् नागरिक आन्दोलनसमेतले गिरफ्तारीमा परेका नागरिक अगुवाहरूको रिहाइको माग गरेका छन् ।
भट्टराई र थापाले सामाजिक सञ्जालमार्फत र बृहत् नागरिक आन्दोलनले विज्ञप्ति जारी गर्दै पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरेका हन् ।

त्यसक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले तत्काल रिहाइको माग गरेका छन् । शुक्रबार बालुवाटारअघि विरोध प्रदर्शन गर्न पुगेका बृहत् नागरिक आन्दोलनका अगुवालाई प्रहरीले भाटभटेनीबाटै नियन्त्रणमा लिएपछि थापाले ट्विट गर्दै निषेधाज्ञा उल्लंघन गरेर सडकमा आउनु गलत रहे पनि जब सरकारले नै आफ्नो क्षुद्र स्वार्थका लागि, जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरलाई पूर्ण बेवास्ता गर्छ भने सचेत नागरिक सडकमा आउनुको विकल्प नरहेको बताएका छन् ।


प्रतिक्रिया