शुक्रबार, वैशाख ७, २०८१

पत्नीको हत्या आराेपमा पति पक्राउ

नेपालखोज २०७८ जेठ २८ गते १९:२१

इलाम । इलामको देउमाई नगरपालिका-४ चित्रेका ताकबहादुर तामाङले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । भोजपुरको ओख्रे घर भइ विगत एक वर्ष देखि इलाम बस्दै आएका तामाङले ४६ बर्षिया श्रीमती ताकमाया तामाङको हत्या गरेका हुन् ।

घरायसी विवादको कारण धारिलो हतियारले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । हत्याका आरोपी तामाङलाई ईलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको कमान्डर टालीले पक्राउ गरेको छ ।

प्रतिक्रिया