बुधबार, वैशाख १२, २०८१

लकडाउन : नेपाली समाज, सामाजिक सञ्जाल र अपराध

नेपालखोज २०७७ वैशाख २० गते १३:२४

कोरोनाको कहरको समयमा आज प्रत्येक अभिभावकले घर परिवारका लागि पर्याप्त समय पाएको र त्यसको उपयोगका लागि सचेत हुनुपर्ने हुन्छ ।

आम सञ्चारको साधन आज प्रत्येक सर्वसाधारणका लागि एक अत्यावश्यक वस्तुका रुपमा रहेको र यसको प्रयोग तथा पहँुचवाट कुनै पनि व्यक्ति अलग्ग रहन सकेको देखिदैन । सर्वसाधारणलाई सुसुचित गर्नका लागि रेडियो, टेलिभिजन, सिनेमा तथा अन्य सामाजिक सञ्जालले महत्वपुर्ण भुमिका निर्वाह गरेको कुरा नकार्न सकिदैन । आम सञ्चारका साधन तथा सञ्चारको प्रविधिको प्रयोगले गर्दा आज विश्व एक गॉउको रुपमा परिणत भैसकेको कुरा सर्वविदितै छ ।

जुनसुकै कुराको पनि दुईवटा पाटाहरु हुने कुरा निर्विवाद छ । जहाा सकारात्मकको कुरा उठदछ त्यहा नकारात्मक कुराको पनि ठाउँ रहेको हुन्छ । सिक्काको दुवैपाटा केलाउदा सकारात्मक सगसंगै जोडिएर आउने नकारात्मक कुराले पनि समाजलाई असर गरेको हुन्छ । टेलिभिजन तथा रेडियोमा आउने समाचारमुलक कार्यक्रमले सर्वसाधारणलाई सुसुचित हुने उसको हक अधिकारलाई सुनिश्चित गर्दछ भने सामाजिक सन्जालमा आउने कुराहरुले पनि सुसुचित हुने कुरामा अग्रसरता प्रदान गरेको हुन्छ ।

नेपालमा रेडियो नेपालको स्थापना २००७ साल चैत्र २० गते भएको र सो समयमा मनोरन्जनको साधनका रुपमा रेडियोलाई मात्र लिने र त्यसभन्दा वाहेक श्रव्यदृष्य तर्फ केहि सिनेमा हलहरु ले भारतीय सिनेमाहरु प्रर्दशन गर्ने गरेको देखिन्छ ।

२०४१ सालमा नेपाल टेलिभिजनको स्थापना भएपछि घरघरमा टेलिभिजन राख्ने प्रतिपद्र्धा भएको र घरमा टेलिभिजन राख्नका लागि स्थायी सम्पती समेत बेचेर टेलिभिजन खरिद गरेको देखिएको थियो । २०६२÷६३ को परिवर्तन पछि अन्य सामाजिक सन्जालको विकास भएको र तत्कालिन सरकारको हातहातमा मोवाईल भन्ने नारापछि फेसबुक, ट्युटर,युटुब,इस्ट्राग्राम लगायतका सोसल मिडियाहरु को विकास वाकी विश्व सरह नेपालमा पनि भएको देखिन्छ ।

उल्लेखित मिडियाहरुको विकासका क्रमसंग संगै मानिसको चेतनामा विकास भएको र भ्रष्टाचार लगायत सामाजिक अपराधमा संलग्न हुनेको चाडैनै भण्डाफोर भएको हामी देख्दछौ । यसवाट समाजमा आपराधिक या भ्रष्टाचारजन्य अपराधमा केहि मात्रामा कमि तथा डरत्रास भएको देखिन्छ । यो कुरा सकारात्मक रुपमा नै लिनु पर्ने देखिन्छ । केहि वर्ष अगाडि सम्म सञ्चारआचार संहिताको उल्लधन गर्दै प्रहरीले पक्राउ गर्ना साथ मानिसलाई उसको सामाजिक प्रतिष्ठामा आच पुग्ने गरी मिडियामा देखाउने परिपाटी रहेकोमा हाल त्यो बन्द प्राय रहेको छ । पक्राउ गरिएको व्यक्तिलाई आशंका मात्र गरिएको हुन्छ उ अपराधी हो होईन अदालतले छुट्टयाउने कुरा सरकारी तहवाट समेत नजरअन्दाज गरिएको हुन्थ्यो त्यो स्थिति चाहि हाल देखिएको छैन ।

माथि नै भनिसकियो कि सिक्काका दुईपाटा हुन्छन् सकारात्मक हुँदाहँुदै उल्लेखित सञ्चारका साधनवाट समाजमा नकारात्मक कुराहरु पनि प्रशस्तै नआएका होईनन । सञ्चार आचार संहिताको ठाडो उल्लघन गर्दै अपाच्य श्रव्यदृष्यहरु सामाजिक सन्जालमा आउनु आज एक साधारण कुरा भै सकेको छ ।

वढदो इण्टरनेटको पह्ुँचले गर्दा समाज अराजकवन्दै गईरहेको तर्फ हाम्रो खासै ध्यान पुग्न सकेको देखिदैन । आजको एकल उन्मुख समाजमा मानिस धेरै नै व्यस्त रहेको र फुर्सत को समयमा उ घर परिवारसंग वस्नु भन्दा फेसवुक र इण्टरनेटमा रमाउने गरेको र घरव्यवहारमा विग्रह हुने गरेवाट प्रष्ट हुन्छ ।

समय परिवर्तन सिल रहेको र आज मानिस संयुक्त परिवारवाट एकल परिवारमा परिणत हुदै गईरहेको छ मानिसको आर्थिक चाहना असिमित रहेको वर्तमान अवस्थामा कमाउने सिलसिलामा घरपरिवारसंग उसको संसर्ग कम हुदै गईरहेको देखिन्छ । फुर्सत भएको समयमा घरपरिवारसंग अन्तरकृया गर्नु भन्दा मानिस सामाजिक सन्जालमा नै रमाउने गरेको तथ्यलाई नकार्न सकिदैन । जतिजति मानिस सामाजिक सन्जालमा व्यस्त रहदै जान्छ उसको घरपरिवारसंगको टाढापन अझ गाढा हुदै जाने र मानिस एकाकिपनमा रम्ने गरेको देखिदै आईरहेकोछ ।

मानिसको फुर्सतको कमिले गर्दा तथा एकल परिवारको चाहनाले गर्दा सामाजिक क्षेत्रमा उसको सक्रिएता कम हुदै गईरहेको र यसले गर्दा साँस्कृतिक विचलन तर्फ समाज उन्मुख भएको देखिन्छ । उदाहरणका लागि लिन सकिन्छ सयु्क्त घरमा हजुरवा, हजुरआमा लगायतको निर्देशनमा वस्ने नाति नातिनीहरुको सामाजिक चरित्र जिम्मेवारी पुर्ण देखिन्छ भने एकल घरपरिवारमा वस्ने बच्चाबच्चीहरु चाडैनै सामाजिक सन्जालमा व्यस्त रहने गरेको देखिएको छ र तिनिहरु को व्यवहार सोही अनुरुप हुने गरेको देखिन्छ ।

आफ्नो व्यस्त समय छोराछोरीलाई दिन नसक्ने वाध्यताले गर्दा छोराछोरीहरुलाई सानै उमेर देखि मोवाईल हातमा राखिदिनु पर्ने वाध्यतामा समाज आज पु्गेको देखिन्छ । मोवाईल पनि इण्टरनेट चल्ने खालको उपलव्ध गराउनु र त्यसमा छोराछोरीहरुले कस्तो किसिमको सामाजिक सन्जालको प्रयोग गरिरहेको छ भनेर बुझ्न नखोज्ने अभिभावकको व्यस्तताले गर्दा सानै उमेर देखि यौनजन्य कृयाकलापका सामाग्रीहरु हेर्ने तर्फ वच्चावच्ची अग्रसर भएको अभिभावकहरुलाई थाहानै नहुन सक्छ । यस्तो किसिमको सामाग्री हेर्ने बालवालिका या किशोर किशोरीको मनमस्तिकमा कस्तो किसिमको असर पर्ला ? यसले वालजन्य यौन तथा हिसाजन्य अपराध वढाउन मद्दत पुगेको देखिन्छ ।

उदाहरणका लागि एक आठवर्षको केटो राजा हरिश्चद्रको नाटक हेर्न नाटकघरमा गएको र त्यो नाटक हेरेपछि उ एउटा महान व्यक्ति बन्न पुगेको कथा हामीले बच्चावेलामा सुन्ने गरृेका थियौ । आज त्यतिनै उमेरको बच्चा सामाजिक सन्जालमा, टेलिभिजनमा कस्तो किसिमको दृष्य देख्दछ ? अर्घ नग्न फोटो, यस्तो मानिसकतामा हुर्किएको बच्चाले के समाजमा सकारात्मक भुमिका खेल्न सक्ला ?

किशोर किशोरीले समय काट्नका लागि या उत्सुकताका लागि हेर्ने वयस्क साइटमा आउने एडल्ट फिल्मवाट कस्तो किसिमको समाजमा प्रभाव पर्ला ? सकारात्मक प्रभाव त अवश्यै नपर्ला ? यसले समाजमा सामाजिक विकृृती र आपराधिक घटना बलात्कार जस्ता घटनालाई प्रात्साहन अप्रत्यक्ष रुपमा गरी रहेको देखिन्छ । यस्ता सामाजिक घटनालाई न्युनिकरण गर्नका लागि वेलैमा सचेत हुन नसकेमा निर्मला पन्त, नविता सुनिता जस्ता घटनाहरुमा वढोत्तरी नै हुने देखिन्छ ।

जुनसुकै कुराको पनि सकारात्मक र नकारात्मक दुवै पाटो हुने भएकाले नकारात्मकलाई छोडी सकारात्मकलाई ग्रहण गर्न सकेको खण्डमा समाजलाई विकास गर्न त्यसले भुमिका खेल्ने देखिन्छ होइन भने समाजलाई यसले दुरगामी नकारात्मक असर पार्ने निश्चित प्राय छ । वर्तमान कोरोना पिडित हामीसवै वर्गले पाएको समयको सदुपयोग गर्दै आ आप्ना सन्ततीलाई संस्कार युत्त वनाउनका लागि समय आज अवस्यै पाएका छौ त्यसको सदुपयोग गर्ने कि दुरुपयोग गर्ने हाम्रै हातमा छ ।

प्रतिक्रिया