एमालेले भन्यो- ‘वैद्यको अभिव्यक्तिमाथि फौजदारी कानुन आकर्षित हुन्छ’

काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले आज एक विज्ञप्ति जारी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको धम्कीलाई गम्भीर रुपमा लिएको बताएका छन् ।
‘प्रधानमन्त्रीको हत्यमा अरुलाई पनि दुरुत्साहन गर्ने र आवश्यक परे आफैँ पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति अपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त अभिव्यक्तिको घोर भत्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानूनसमेत आकर्षित हुने बिषय ठान्दछ र यस विषयमा सम्बन्धि राजनीतिक दलको ध्यानाकर्षित गर्दछ ।’
हेर्नुहोस् विज्ञप्ति

वैद्यले शुक्रबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देश डुबाउन लागेको भन्दै देशमा कोही नाथुराम गोड्सेजस्तो व्यक्ति चाहिएको बताएका थिए । नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए ।
प्रदेशसभा सदस्य वैद्यको यो अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । काग्रेसले पनि यसअघि अभिव्यक्ति फिर्ता लिई आत्माआलोचित हुन निर्देशन दिइसकेको छ ।
प्रधानमन्त्रीको हत्याको चेतावनी दिने आफ्नै सांसदप्रति कांग्रेसको आपत्ति
प्रतिक्रिया