शुक्रबार, वैशाख २६, २०८२

रुखबाट खसेर १० वर्षीय बालकको मृत्यु

रासस २०७८ जेठ २९ गते १२:०५

गोरखा । धार्चे गाउँपालिका–२ रुन्चेतका एक बालकको रुखबाट खसेर मृत्यु भएको छ ।

घर नजिकै रहेको रुखमा चराको गुँड हेर्न भनी चढेका १० वर्षीय साजन घलेको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिएका छन् ।

रुखबाट खसेर गम्भीर घाइते भएका घलेको गोरखा अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको उनले बताए ।

घटनालगत्तै उद्धार गरी स्थानीय गाउँघर क्लिनिकमा उपचारपछि घाइते बालकलाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

बालक रुखबाट खसेकाे करिब १५ फिटमुनि भिरमा पुगेको अवस्थामा उद्धार गरिएको स्थानीयवासीको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया