मंगलबार, मंसिर २५, २०८१

नरोत्तम वैद्यले मागे माफी, लिए आफ्नो विवादित अभिव्यक्ति फिर्ता

नेपालखोज २०७८ जेठ २९ गते १२:४१

काठमाडौं । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधामनमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको भन्ने आफ्नो अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् । आजको प्रदेशसभामा उनले आफ्नो अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखसँग आग्रह गरेका हुन् ।

उनको अभिव्यक्तिपछि उनलाई विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले कारबाही गर्न माग गरेका छन् । एमालेले प्रधानमन्त्रीको हत्याको धम्की दिएको भन्दै भत्र्सना गरेको छ ।

उनले भनेका छन्, ‘हाम्रो सम्माननीय प्रधानमत्रीप्रति मेरो रिसिवी होइन । म महात्मागान्धीलाई असाध्यै मान्ने । अहिंसा फिलोसफीलाई असाध्यै मान्ने । अनि वचनले पनि कसैको हिंसा नहोस् भन्ने चाहने मान्छे । तर, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युको हाम्रो देशमा जुन किसिमको प्रवृत्ति देखिन्छ । जुन किसिमको उहाँको क्रियाकलापहरु देखिन्छ । जुन किसिमले उहाँले आफ्नो सत्ता बचाउनका लागि, आफ्नो सिट बचाउनका लागि जुनसुकै हथकण्डा अप्नाएको देखिन्छ । जुनसुकैसँग सम्झौता गरेको देखिन्छ । त्यो कुराबाट म असाध्यै भावावेगमा आएर आफ्नो कुरा पोख्ने सिलसिलामा मैले आवश्यकताभन्दा बढी नै स्वतन्त्रताको उपभोग गरेको जस्तो गरेको फिल गरेँ’ उनले आजको सभामा प्रष्टीकरण दिएका छन् ।

प्रतिक्रिया