शुक्रबार, वैशाख ७, २०८१

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय

नेपालखोज २०७८ जेठ २९ गते १८:२१

काठमाडौंं । नेपाली कांग्रेसले चौधौं महाधिवेशनको कार्यतालिका हेरफेर गरेको छ। कांग्रेस पदााधिकारीको शनिबार बसेको बैठकले महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो।

यसअघि महाधिवेशनको मिति भदौ ७ देखि १० गतेसम्म तोकिएको थियो । पदाधिकारी बैठकले कार्यतालिका संशोधन गर्दै महाधिवेशनको मिति ९ दिन सार्ने निर्णय गरेको हो।

बैठकले क्रियाशील सदस्यता छानबिन २० असारसम्म गरिसक्ने र २४ असारमा क्रियाशील सार्वजनिक गर्ने निर्णय गरेको छ। यस्तै वडा तहको अधिवेशन साउन ६ गतेबाट सुरु गरिने भएको छ।

केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने साझा प्रस्ताव तय गरिएको र यसलाई अनुमोदनका लागि केन्द्रीय समितिमा पेस गर्ने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ । संशोधित तालिका अनुसार प्रदेश अधिवेशन २०७८ भाद्र १ र २ गते हुनेछ ।पदाधिकारीले संसोधन प्रस्ताव गरेको समय तालिकामा क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची २०७८ साल असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाउने र केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको अन्तिम सूची २०७८ असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने हुने प्रस्ताव गरिएकोछ ।

कोभिड संक्रमणको जोखिम बढेसँगै नेपाली कांग्रेसले आफ्नो महाधिवेशनको डिजिटल प्रविधिमार्फत गर्न सकिन्छ भनेर कांग्रेस समर्थित युवा बिद्यार्थी भन्दै आएका छन् । कांग्रेसको केन्द्रिय तहको बैठकमा डिजिटल प्रविधिमार्फत महाधिवेशन गर्ने बारे कुनै छलफल नै भएको छैन् ।

प्रतिक्रिया