महाधिवेशनबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक असार ३ गते बोलाइयो
नेपालखोज
२०७८ जेठ ३० गते ८:१८

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बोलाइएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै असार ३ गते दिउँसो २ बजे बैठक बस्ने जानकारी दिएका हुन् ।
उनकाअनुसार बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।
पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो ।
हेर्नुहोस् विज्ञप्ति

सम्बन्धित
प्रतिक्रिया