मन्त्रिपरिषद् समावेशी बनाउन मुख्यमन्त्री राउतलाई पत्राचार
नेपालखोज
२०७८ जेठ ३० गते १५:३२

जनकपुरधाम । प्रदेश प्रमुख डा. राजेश अहिराज झाले मन्त्रिपरिषद् समावेशी बनाउन मुख्यमन्त्री लालबाबु राउतलाई पत्राचार गरेका छन् । संघीयताको मर्म विपरीत मन्त्रिपरिषद विस्तार भएको भन्दै प्रदेश प्रमुख झाले समावेशी बनाउन मुख्यमन्त्रीलाई पत्र पठाएका हुन् ।
मुख्यमन्त्री राउतले सात्तारुढ दलकै चार मन्त्रीलाई पदमुक्त गरी कांग्रेसलाई सरकारमा सहभागी गराएपछि प्रदेश प्रमुख झाले वर्तमान मन्त्रिमण्डल समावेशी चरित्रको नभई संघीयताको मर्म विपरीत रहेको जिकिर गरेका छन् ।
महिला र पहाडी समुदायलाई समेत सहभागी गराएर मन्त्रिपरिषद बनाउनुपर्ने मुख्यमन्त्री राउतलाई पठाएको पत्रमा उल्लेख छ । संघीयता र समावेशी हुने गरी पुनः मन्त्रिपरिषद् गठन गर्न सरकारलाई झाले निर्देशन दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया