शुक्रबार, वैशाख २६, २०८२

दिल्लीमा कोरोना संक्रमित सामान्य बढे : चौबीस घण्टामा २५५ जनामा संक्रमण पुष्टि, २३ को मृत्यु

नेपालखोज २०७८ जेठ ३० गते १६:१८

दिल्ली । भारतको राजधानी दिल्लीमा आइतबार कोरोना संक्रमितको संख्या सामान्य बढेको छ । त्यहाँ पछिल्लो चौबीस घण्टामा २ सय ५५ जना नयाँ कोरोनाका संक्रमित फेला परेका छन् । भने सोहि अवधिका संक्रमणका कारण २३ जनामो मृत्यु भएको छ ।

त्यस्तै चौबीस घण्टामा त्यहाँ ३ सय ७६ संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य विभागको तथ्यांकका अनुसार दिल्लीमा आज कोरोना संक्रमणदर शून्य दशमलव ३५ प्रतिशत रहेको छ ।

दिल्लीमा शनिबार २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने जम्म २८ जनाको संक्रमणका कारण मृत्यु भएको थियो । संक्रमणदर भने शनिबार पनि दिल्लीमा शून्य दशमलव ३० प्रतिशत रहेको थियो ।

यसअघि शुक्रबार दिल्लीमा संक्रमणदर शून्य दशमलव ३१ प्रतिशत रहेको थियो । शुक्रबार कुल २ सय ३८ जनामा संक्रमण पुष्टि भएको थियो भने २४ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया