शुक्रबार, वैशाख २६, २०८२

नेपालमा कोरोना परीक्षण घट्यो, चौबीस घण्टामा २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७८ जेठ ३० गते १६:३५

काठमाडौं । नेपालमा पछिल्लो समय सरकारले कोरोना परीक्षणलाई घटाउँदै लिएको छ । बिगत चौबीस घण्टामा देशभरबाट जम्मा १२ हजार ४०६ जनाको परीक्षण गर्दा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हालसम्म देशभरबाट ३२ लाख १४ हजार ७२५ जनाको पीसीआर विधिबाट र १ लाख ७ हजार ८२९ जनाको एन्टिजेन गरि कुल ३३ लाख २२ हजार ५५४ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा पीसीआर विधिबाट ६ लाख ८ हजार ४७२ जना र एन्टिजेन विधिबाट २० हजार ४७० जना गरि कुल ६ लाख २८ हजार ९४२ मा कोरोना संक्रममण पुष्टि भएको छ । नेपालमा परीक्षण गरिएका मध्ये २२ दशमलव ५ प्रतिशतमा संक्रमण देखिएको छ ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा थप ३ हजार ९९४ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । याेसँगै नेपालमा कुल ५ लाख ३१ हजार १०५ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभर संक्रिय संक्रमितको संख्या ६८ हजार ९ सय ५५ जना रहेको छ । जसमध्ये ६४ हजार ७ सय ४४ जना होम आइसोलेसन र ५ हजार २११ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यी मध्ये १ हजार १ सय जनाको आइसियू ३४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा थप ४६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । याेसंगै नेपालमा कोरोना संक्रमणका कारण कुल ८ हजार ४१२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया