नेपालले जित्याे महिला यू-१५ फुटबल च्याम्पियनसिपको उपाधि

काठमाडाैं । साफ महिला यू-१५ फुटबल च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । बंगलादेशमा भएको यू-१५ महिला च्याम्पियनसिपको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसॅंग १/१ गोलको बराबरीसॅंगै नेपाल च्याम्पियन बनेको हो ।
डबल राउन्ड रोबिनको लिगमा भएको प्रतियोगितामा नेपालले चार खेलबाट १० अंकसहित शिर्ष स्थानमा रहॅंदै उपाधि जितेको हो । समान खेलबाट सात अंक जोडेको बंगलादेश उपविजेता बनेको छ । खेलमा सुरुवाती अग्रता नेपालले बनाएको थियो । खेलको १४औँ मिनेटमा नेपालकी सुशीला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।
तर दोस्रो हाफको सुरुवातमै बङ्गलादेशले गाल गर्दै खेल बराबरीमा ल्याएको थियो।खेलको ८८ औँ मिनेटमा बङ्गलादेशले अग्रता लिने अवसर पाएको थियो ।
बंगलादेशले पाएको पेनाल्टीलाई नेपालकी कप्तान समेत रहेकी गोलरक्षक सुजता तामाङले विफल पारिदिइन् । अन्तिम खेलमा नेपाललाई हराएको अवस्थामा बङ्गलादेश विजेता हुने अवस्था थियो भने नेपाललाई बराबरी मात्र भए पुग्ने थियो ।

प्रतिक्रिया